काठमाडौँ।
गायक, गीतकार तथा संगीतकार कालीप्रसाद बासकोटाले पर्यटन नगरी पोखरामा आफ्ना पुरानादेखि नयाँ गीत दर्शकलाई सुनाएका छन् ।
त्यहाँको एक लाउन्जले आयोजना गरेको कार्यक्रममा कालीले साथीभाई ब्याण्ड सहित प्रस्तुती दिएका थिए । उनले ‘अजम्बरी’, ‘माया पिरती’, ‘साली मन पर्यो’, ‘लप्पन छप्पन’ र ‘पारी त्यो डाँडामाथि’लगायतका गीत सुनाए ।
काली नेपालसहित, भारत, अमेरिका, क्यानाडा र अष्ट्रेलियामा सांगीतिक टुरको तयारी गरिरहेका छन् ।