आर्यन-नम्रता स्टारडमलाई जोगाईराख्न ‘नोभेम्वर रेन’



november1

[dropcap]गी[/dropcap]त-संगीतको पाटोदेखी सिधा अर्थमा भन्नुपर्दा नायक-नायिकाको भविष्य नै जोडिएको भनिएको चलचित्र ‘नोभेम्वर रेन’ यती बेला चर्चामा छ । चैत्र १४ बाट मिती सरेर बैशाख १२ मा पुगेको यो चलचित्रले पछिल्लो समय खस्किँदो क्रममा रहेको चर्चित नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठको स्टारडमलाई जोगाईराख्नको लागी ठुलो भुमिका खेल्ने तर्क धेरैको छ । किनकी पछिल्लो समय प्रदर्शनमा आएका यी दुई कलाकारका प्रायः कुनै पनि चलचित्र दर्शकको मन मुटुमा बस्न सफल छैनन् ।

नेपाली चलचित्रमा कुनै समयको हिट जोडी हो, आर्यन र नम्रताको जोडी । ‘मेरो एउटा साथी छ’ मा देखिएको यो जोडीलाई दर्शकले सर्वाधिक रुचाएका थिए । त्यसपछी लामो समय सम्म यी दुई जोडीलाई प्रदामा सँगै देख्न नपाएका दर्शकको लागी यो चलचित्र प्रतिक्षाको बिषय बनेको छ । नम्रता अभिनित चलचित्र ‘छड्के’ले केहि हदसम्म राहत गराए पनि त्यसपछी प्रदर्शनमा आएका प्रायः कुनै पनि चलचित्रले व्यवसायिक सफलता हात पार्न सकेका छैनन् भने नायक आर्यन पनि पछिल्लो एक बर्ष पर्दामा खासै जम्न नसकेका भित्र पर्छन् ।

त्यसैले सुवास गिरीसँग आफ्नो समेत लगानीमा तयार आर्यन र नम्रताको यो चलचित्रले भोलीको भविष्य निर्धारण पनि गरिदिने तर्क सुरु भएको हो । तर चलचित्र नपाएर यी दुई नायक नायिकाको करियर सकिने भने पक्का होईन किनकी पछिल्लो समय बिभिन्न चलचित्रको सुटिङमा लाग्नुपर्दा पब्लिसीटीमा समेत समय दिन नसकेको कुराले नै यिनीहरुको व्यवसायिक व्यस्तता पुष्टी हुन्छ ।

‘आई एम सरी’ निर्देशक दिनेश राउतले निर्देशन गरेको यो चलचित्रमा नम्रता र आर्यन सँगै छुल्ठिम गुरुङ पनि देखिनेछिन् । त्यसैले पनि चलचित्र ‘त्रिकोणात्मक लभ स्टोरी’मा आधारित रहेको अनुमान लगाउन सकिन्छ । राजेश सिंहले खिचेको ‘नोभेम्वर रेन’को सम्पादन सुरेन्द्र पौडेलले गरेका छन् । चलचित्रमा हिमाल केसीको द्वन्द्व तथा ताराप्रकाश लिम्बुको संगीत रहने छ । यो चलचित्रको कथा चेतन गुरुङले लेखेका हुन् । विशुद्ध प्रेमकथामा आधारित यो चलचित्रलाई दर्शक र समिक्षकले मन पराउने विश्वास निर्माणपक्षको छ ।

आर्यन र नम्रता दुई मुख्य कलाकारको लागी मात्रै होईन चलचित्रमा लगानी गरेर पनि फाईदा कमाउन नसकेका निर्माता सुबास गिरी र ‘आई एम सरी’ राम्रै कथामा चलचित्र निर्देशन गरेर पनि सफल हुन नसकेका निर्देशन दिनेश राउतको लागी पनि यो चलचित्र सबैको चलचित्र करियरमा एउटा नयाँ ईँटा थप्ने बनोस् हाम्रो तर्फबाट शुभकामना !!!

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu