पत्याईँदै ‘आधी बाटो’लाई



aadhi-bato

[dropcap][/dropcap]लचित्र ‘आधी बाटो’ले दर्शकको राम्रो साथ पाएको छ । शुक्रवारदेखी प्रदर्शनमा आएको यो चलचित्रलाई सिंगल स्क्रिनमा दर्शकले राम्रो साथ दिएका छन् भने मल्टिप्लेक्समा भने सन्तोषजनक भन्ने अवस्था पाईएको छैन ।  यसअघी प्रदर्शनमा आएको चलचित्र ‘छ एकान छ’ र ‘झोले’ पछि ‘आधी बाटो’मा दर्शकको राम्रो साथ पाएको तथा काठमाडौँ सहित मोफसलमा समेत केहि हल हाउसफुल भएकोले दर्शकको राम्रो साथसँगै प्रतिक्रिया पाएको निर्माण युनिटले जानकारी दिएको छ ।

पछिल्लो एक दिन यता सामाजिक सञ्जालका भित्ता देखी अन्य ठाउँहरुमा समेत यो लचचित्रको चर्चा बढेको छ । चलचित्र राम्रो भएकोले नै दर्शकको पनि राम्रो साथ पाएकोमा खुसी प्रकट गर्दै निर्देशक शबिर श्रेष्ठले शुक्रवार र शनिवारको दर्शकको प्ररिक्रियाबाट सन्तुष्ट भएको बताए । माउथ पब्लिसिटीको कारण पनि दर्शकको साथ थपिंदै जानेमा निर्देशक सबिरको बिश्वास छ ।

आधी बाटो’मा सबिन श्रेष्ठ, यश कुमार, जेनिशा केसी, अनु शाह लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्रलाई रमेश त्वायनाले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu