ट्रकमाथी गरिमा र बिरेनको प्रेम | भिडियो



biren-garima

[dropcap]प्र[/dropcap]र्दशनको मिती नजिकिँदै गर्दा चलचित्र ‘मनले मनलाई छुन्छ’ को नयाँ गीत सार्वजनिक गरिएको छ । गीतमा नायक विरेन श्रेष्ठले नायिका गरिमा पन्तलाई ट्रकको छतमा नै अँगालोमा बेरेको देख्न सकिन्छ ।  ‘हिउ जस्तै…..’ बोलको उक्त गीतमा स्वर दिपक लिम्बु र प्रविशा अधिकारीको रहेको छ । बिपिन किरणले लेखेको यो गीतमा संगीत बसन्त सापकोटाको रहेको छ । पारिवारिक कथामा आधारित भनिएको यो चलचित्र यहि चैत्र २८ मा प्रदर्शनमा आउँदै छ ।

मिराकल मिडिया प्रालिको ब्यानरमा तयार यो चलचित्र ‘मनले मनलाई छुन्छ’ निर्देशक स्व. शिव रेग्मीको निर्देशनमा तयार प्रदर्शनको लागी बाँकी अन्तिम चलचित्र हो । सुनिल सिटौला र बिरेन श्रेष्ठको संयुक्त लगानी रहेको यो चलचित्रमा बिरेन र गरिमाका अलावा सुमन सिंह, मिथिला शर्मा, केशव भट्टराई, सृजना बस्नेत लगायतको पनि मुख्य अभिनय गरेका छन् ।

गीत हेर्नुहोसः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu