बैशाखमा आर्यन-सपनाको बिहे हुँदै | अनुप र दियाको पनि लगन जुर्‍यो



Aaryan-sapana

[dropcap]ना[/dropcap]यक आर्यन सिग्देलले यहि आउँदो बैशाख ६ गते प्रेमिका सपना भण्डारीसँग लगनगाँठो कस्ने भएका छन् । केहि महिना पहिले नै सुटुक्क ‘कोर्ट म्यारिज’ गरेका नायक आर्यनको यो बैवाहिक कार्यक्रम परम्परागत रुपमा औपचारिकताको लागी मात्रै हुनेछ । प्राप्त जानकारी अनुसार ईन्गेजमेन्ट गरेको करिब पाँच महिनापछि आर्यनले ठुलै तामझामका साथ बैवाहिक कार्यक्रम आयोजना गर्न लागेको बुझिएको छ ।

करिब ४ बर्षसम्म चलेको प्रेमलाई मुर्त रुप दिँदै पछिल्लो पुस्ताका व्यस्त नायक आर्यनले घरजम गर्ने सोच बनाएका हुन । प्रदर्शोन्मुख चलचित्र ‘नोभेम्वर रेन’को प्रचार प्रसारमा व्यस्त बन्नुपर्ने समयमा आयोजित यो बैवाहिक कार्यक्रमले चलचित्रको प्रचार प्रसारमा केहि हानी पुग्ने देखिए पनि आर्यन तथा निर्माता सुवासस गिरी दुवैले कुनै फरक नपर्ने दाबी गरेका छन् । चलचित्र ‘नोभेम्वर रेन’ बैसाख १२ मा रिलिज हुँदैछ ।

अनुप र दियाको पनि जोडी बाँधिदै
anup-diya

यसैबीच, कलाकार तथा निर्देशक अनुप बराल तथा नायिका दिया मास्केले पनि आउँदो असार महिनामा लगनगाँठो कस्ने भएका छन् । सात बर्षे प्रेमलाई मुर्तता दिँदै यो जोडीले पनि बिहेको महिना तय गरेको हो ।

केहि दिन पहिले जन्मदिनको अवसरमा बरालले यो समयलाई जीवनको उपयुक्त समय ठान्दै दियासँग घरजम गर्ने मिती तय गरेका हुन् । बिहे कुनै तडक भडक बिना नै हिन्दु परम्परा अनुसार सामान्य रुपमा गर्ने उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu