काठमाडौँ।
मिस इन्टरनेशनल नेपाल २०१७ विजेता मोडल निति शाहले ‘एथ्निक एक्सप्लोरेशन विथ निति शाह’ नामक भ्लग सुरु गरेकी छन् । उनले शुक्रबार पहिलो श्रृंखला ‘किरात राई अफ खोटाङ्ग’ आफ्नै यूट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छन् ।
नेपालमा भएका सबै आदिवासी जातीहरुको बारेमा क्रमशः आफुले भ्लग बनाउने शाहले बताईन् । “नेपालको जुन ठाउँमा जुन जातीको जनसंख्या बढि छ र आफ्नै सँस्कृति मान्छन् त्यहि ठाउँमा पुगेर हामीले भ्लग बनाउँनेछौँ । नेपालमा भएका सबै जानजातीहरु जसरी मिलेर बसिरहेका छन्, उनिहरुको रहनसहन, भाषा तथा सँस्कृतिलाई युवापुस्तालाई जानकारी दिलाउनु हाम्रो प्रमुख उद्देश्य हो”, शाहले बताईन् ।
भ्लग हेर्नुहोस्ः