शुक्रवार थाहा हुन्छ बिहे पुर्वको डिभोर्स !



divorce-press-meet

शुक्रवार देखी प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘डिभोर्स’ले विहिवार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम गर्यो । चलचित्र प्रदर्शनको पुर्व-सन्ध्यामा चलचित्रको रिलिजको लागी आएका कौतुहलता तथा प्रतिक्रिया मेटाउन तथा चलचित्रको प्रदर्शनको बारेमा जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा भोलीबाट प्रदर्शनको तयारीमा रहेको यो चलचित्र देशभरका विभिन्न ४२ हलमा लाग्ने पनि जानकारी गराईयो ।

कार्यक्रममा चलचित्र ‘डिभोर्स’का निर्देशक मनिश पन्थले चलचित्रमा बिहेपछीको डिभोर्सको मात्र नभई बिहे पुर्वको डिभोर्सको बारेमा समेत उल्लेख गरिएकोले एकपटक हेरेर प्रतिक्रिया जनाउन सबैलाई आग्रह गरे । त्यस्तै निर्देशक पन्तले चलचित्रले वास्तविक कथालाई पर्दामा उतारेको भन्दै जुनसुकै चलचित्र भिड्ने भए पनि आफुहरुलाई फरक नपर्ने बताए ।

त्यस्तै ‘जीन्दगानी दर्पणछायाँ’ पछी पुनः चलचित्रमा लगानी रहेका ‘डिभोर्स’ निर्माता रोहित पुरीले आफुले हेर्दा सम्म चलचित्र धेरै राम्रो बनेको र चलचित्रको बिषयबस्तु पनि नेपाली समाजमा घट्ने खालको परिवेशसँग मिल्दो जुल्दो भएकोले दर्शकले मन पराउनेमा बिश्वास व्यक्त गरे । रोहित र मिन प्रसाद श्रेष्ठले लगानी गरेको यो चलचित्र श्रीनगर फिल्मसको ब्यानरमा तयार भएको हो ।

यो चलचित्रमा लेखन तथा छायांकन समेत निर्देशन पन्थकै रहेको छ। यो चलचित्रमा किशोर श्रेष्ठ, आभास अग्रहरी, प्रदिप ढकाल, बिनिता रम्तेल लगाएतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा विशाल हुमागाईँ र कृष्ण भण्डारीको संगीत, सानुकुमार महर्जनको द्वन्द्व, रोशन लामिछानेको सम्पादन तथा किरणराज थापाको कलर करेक्शन रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu