[dropcap]स[/dropcap]ञ्चारकर्मी डब्बु क्षत्रीको लेखन तथा डेब्यु निर्देशनमा तयार भएको नेपाली चलचित्र राहदानी पहिलो पटक कुनै संस्थाको निगरानीमा विदेशमा प्रदर्शनको लागी बिक्री भएको छ । यसअघि कुनै पनि देशमा नेपाली चलचित्र प्रदर्शनीको लागी व्यक्ति बिशेषको लागी चलचित्र बिक्रि गर्दै सुम्पिने परम्परा चलिरहँदा यो चलचित्रलाई भने विदेशका बिभिन्न शहरमा प्रदर्शनीको लागी ‘मातृभूमिकालागि युवा अभियान नेपाल’ नामक शंस्थाले बिशेष प्रदर्शन (च्यारिटी शो) गर्ने गरी लिएको हो ।
नेपालका २५ स्थान र विभिन्न १५ ओटा बाह्य मुलुकमा चलचित्रको च्यारीटिको लागी बिक्री गरिएको निर्देशक तथा संचारकर्मी डब्बुले जानकारी दिए। निर्माण संस्था सिनेमनवल इन्टरप्राईजेज प्रालिका अध्यक्ष लक्ष्मीप्रसाद ढकाल र मातृभूमिकालागि युवा अभियान नेपालका अध्यक्ष सुनिल खडका बीच राहदानीको प्रथम चरणको च्यारिटी शोको लागि मंगलबार राजधानीमा एक समारोह बीच सम्झौता भएको थियो । सो सम्झौता अनुसार बैशाखबाटबाट असार मसान्तसम्म विभिन्न १५ देशमा राहदानीको च्यारिटी गरिेने छ ।
यो संस्थाले थाईल्याण्ड, मलेशिया, जापान, इजरायल, कतार, हङकङ, सिंगापुर, मकाउ, दक्षिण कोरिया, डेनमार्क, स्पेन, इटाली, अष्ट्रेलिया, बेलायत र संयुक्त राज्य अमेरिकामा प्रतिदेश एक शोका दरले बिशेष प्रदर्शनी गर्ने भएको छ । यस्तै नेपालको काठमाडौं उपत्यकासहित २५ स्थानमा पनि सोही समयमा प्रति स्थान एक शोका दरले सो संस्थाले च्यारिटी गर्ने सम्झौता भएको छ ।
तर, चलचित्र कती रकममा च्यारीटिको लागी बिक्री गरिएको हो भन्ने कुरा भने खुलाईएको छैन । यो चलचित्र नै हालसम्म प्रदर्शनमा आएका नेपाली चलचित्र मध्य सबै भन्दा बढी देशमा प्रदर्शनमा आउन लागेको चलचित्र भएको निर्माण युनिटले दाबी गरेको छ ।
चलचित्र ‘राहदानी’मा वैदेशिक रोजगारीका क्रममा नेपालीले भोग्नु परेको विभिन्न समस्या समेटिएको छ । यो चलचित्रमा दयाहाङ राई, अशोक रिजाल, रुपा खनाल, सृजना सुब्बा, बिनिता घिमिरे, दिनेश दुलाल, नविन लम्साल, दिनेश दुलाल, मोनिका दाहाल, फुपु तेन्जिङ शेर्पा, बिकाश जोसी, विधा कार्की, आस्मिता बस्नेत, लक्ष्मण बिक्रम बस्नेत लगायतको अभिनय रहेको छ । केही दिन पहिले मात्रै यो चलचित्रको फर्स्ट लुक पोष्टर सार्वजनिक गरिएको थियो ।