रमेश त्वायनाले बनाएको ‘आधी बाटो’ले युनिभर्सल प्रमाणपत्र पाएको छ। यो चलचित्रले सोमवार सेन्सर पास गर्दै सबैले हेर्नयोग्य बनेको निर्देशक शबिर श्रेष्ठले बताए। यो चलचित्र चैत्र २१ मा अल नेपाल रिलिज हुँदैछ।
यो चलचित्रलाई सबिर श्रेष्ठले निर्देशन गरेका छन् भने कथा जगदीश्वर थापाले लेखेका हुन् । चलचित्रमा कालिञ्चोकको डाँडादेखि लण्डनको रमझमसम्मको कथालाई रोमाञ्चक रुपमा प्रस्तुत गरेको निर्देशक श्रेष्ठले कार्यक्रममा बताए ।