काठमाडौँ ।
अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै शुरु भएको ‘अर्बिट इनरोलमेन्ट’को उद्घाटन वरिष्ठ कलाकार एवं निर्देशक नीर शाहले उद्घाटन गरेका छन् । चलचित्रकर्मीहरु जनकदीप पराजुली, भानु प्रताप सहितको टीमले यो परामर्श केन्द्र स्थापना गरेका हुन् ।
अष्ट्रेलियामा रोजी पन्त, भानुप्रताप र अमर रसाईली रहेका छन् भने नेपालमा, विज्ञान कंडेल र अजेन्द्र थपलिया संचालकका रुपमा छन् । नेपालमा सम्पूर्ण ब्यबस्थापन जनकदीप पराजुलीले मिलाएका हुन्।
काठमाडौँको अनामनगर कार्यालय स्थापना गरी संचालनमा आएको केन्द्रको उद्घाटन शाहसहित चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई लगायतले गरेका हुन् । अर्जुनजंग शाही,गायक बिनोद ढकाल,गायक सुमित खड्का,संचारकर्मी जीपी तिमिल्सिना,कलाकार शिशिर भण्डारी, उद्घोषक सुशील नेपाल, मोडल कविता न्यौपाने लगायत पनि उक्त उद्घाटन कार्यक्रममा पुगेर शुभकामना दिएका थिए ।
अष्ट्रेलियामा एक दशकदेखि संचालनमा रहेको ‘अर्बिट अष्ट्रेलिया ग्रुप’ र नेपालमा ५ वर्षदेखि संचालनमा रहेको ‘गोविन्द एजुकेशन प्रा.ली’लाई मर्ज गरेर ‘अर्बिट इन्रोलमेन्ट’ संचालनमा ल्याईएको जनाईएको छ ।