काठमाडौँ ।
निर्देशक दीपेन्द्र लामाले नयाँ चलचित्रको घोषणा गरेका छन् । लामाले लेखन तथा निर्देशनमा बन्न लागेको यो चलचित्रको नाम ‘नांगो गाउँ’ राखिएको छ, जसमा दयाहांग राई र मिरुना मगरको प्रमुख भुमिका रहनेछ ।
मनिष्मा फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण हुने यो चलचित्रका प्रस्तुतकर्ता हिमाल शर्मा हुन् भने निर्माता जय श्रेष्ठ हुन् ।
दया र मिरुना बाहेक अन्य कलाकारको छनोट हुने क्रममा रहेको निर्देशक लामाले बताए । यो चलचित्रको कथा राजनीतिक हुने बताईएको छ । चैत्र महिनाबाट छायांकन सुरु हुने यो चलचित्रमा हामीले मानव जातिको लाचारीपना, निर्लज्जता र ढोंगप्रति कडा ब्यङ्ग्य गर्ने लामाले बताए ।