काठमाडौँ ।
टिम राजुबाट प्रतिस्पर्धा गरेका करण राई चौंथो “द भ्वाइस अफ नेपाल” बनेका छन् । शुक्रबार राती भएको चौथो सिजनको ग्राण्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँ र विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।
दर्शकको भोटको आधारमा विजेता बनेका राईले नगद २५ लाखसहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुन, ग्यालेक्सी जेड फोल्ड फोर पुरस्कार प्राप्त गरेका छन् । विजेता राईले आफु निरन्तर संगीत क्षेत्रमा काम गर्ने बताए ।
टिम राजेशकी सविना योङहाङ लिम्बू फस्ट रनरअप बनिन् । टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप र टिम प्रविशाका साहिल लिम्बु थर्ड रनरअप बने ।
हेर्नुहोस् ग्राण्ड फिनाले: