काठमाडौँ ।
अभिनेत्री करिष्मा मानन्धर र अभिनेता धिरेन शाक्यले लामो समय पछि एकसाथ स्क्रिन सेयर गरी अभिनय गरेको गीत ‘भोलि भन्ने नआउला कतै’ सार्वजनिक भएको छ। तोप्देन भुटिया र रानी शाक्यको आवाज रहेको गीतमा करिष्मा र धिरेन रोमान्टिक बनेका छन् ।
पुरन गिरीको शब्द, दिवश गुरूङको संगीत, ड्यानिएल गडालको एरेन्ज रहेको छ । गीतको भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीले खिचेका हुन्। भिडियोलाई सुरेन्द्र बसेलले कोरोयोग्रफी गरेका हुन् । भिडियोमा जयराम बर्मा र स्विटी तामाङ्गको पनि अभिनय रहेको छ ।
भिडियोः