काठमाडौँ।
केहि फिल्म हलहरूले मंसिर २३ गतेदेखि विश्वकप फुटबल देखाउने सन्दर्भमा ति फिल्म हलहरूलाई चलचित्र विकास बोर्डले ध्यानाकर्षण पत्राचार गर्दै चलचित्र प्रदर्शन गर्न दिईएको ईजाजतपत्रमा उल्लेख भएबमोजिमका शर्तमा मात्र प्रदर्शन गर्न सुचित गरेको छ ।
चलचित्र प्रदर्शन गर्न दिईएको ईजाजतपत्रको अनुसुचि ७ मा व्यवस्था भएअनुसार हल संचालन नभए नियमानुसारको कारबाही भैजाने ब्यहोरा सहित नेपालभरका जिल्ला प्रशासन कार्यालयहरू र चलचित्र संघलाई बोधार्थ दिँदै बोर्डले पत्राचार गरेको हो । पत्रमा भनिएको छ, “विभिन्न चलचित्र घरहरुले नियमित चलचित्र प्रदर्शनको शो समय जस्तै विश्वकप फुटबल प्रतियोगिताको प्रशारण गर्न लागेको बुझिएको तथा कतिपय चलचित्र घरहरुले आफ्नो वेबसाइटमार्फत शो समय समेत खुलाईएको देखिएको सन्दर्भमा यस बोर्डको ध्यानाकर्षण भएको छ ।”
पत्रमा चलचित्र प्रदर्शन गर्न दिईने ईजाजतपत्रको अनुसुची ७ बमोजिम चलचित्र हलहरुले शर्त पालना गर्नुपर्ने अन्यथा नियमानुसार कारबाही हुने उल्लेख गरिएको छ ।
ईजाजत पत्रमा के भनिएको हुन्छ ?
चलचित्र-प्रदर्शन-गर्न-दिइने-ईजाजतपत्र_0001हेर्नुहोस् बोर्डद्वारा जारी पत्र
FDB-Letter