लोकदोहोरी गायिका मञ्जु महत कोमामा, देब्रे खुट्टा काटियो



manju-mahat-accident

बिहिवार सवारी दुर्घटनामा गम्भिर घाइते बनेकी लोकदोहोरी गायिका मञ्जु महत काठमाण्डौको ग्राण्डी अस्पतालमा कोमा छिन्। उनको देब्रे खुट्टा बिहिबार नै काटिएको थियो। श्रोतका अनुसार उनका दुबै मृगौला फुटेका छन्।

बिहिवार काठमाण्डौको गल्कोपाखामा दुर्घटनामा परेकी हुन् । उनी सवार स्कुटरलाई दुईवटा माइक्रोबसले ठक्कर दिएका थिए। बा १ ज ९२१३ नम्बरको माइक्रोबस र अल्फावेट खुल्न नसकेको २०७१ नंबरको हाइस ब्राण्डको माइक्रोले उनलाई बिचमा थिचेका थिए । दुर्घटनाबाट उनको देब्रे खुट्टा, टाउको र छातीमा गम्भीर चोट लागेको थियो।

दुर्घटना लगत्तै उनलाई मनमोहन मेमोरियल अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसक्ने भएपछि उनलाई शिक्षण अस्पताल लगिएको थियो। त्यहाँबाट पनि चिकित्सकहरुले ग्राण्डी अस्पतालमा रिफर गरेका थिए ।

महत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समिती उपाध्यक्ष समेत हुन्। हाल उनको स्वास्थ्य अवस्था बारे जानकारि लिन थुप्रै कलाकर्मीको ग्राण्डी अस्पतालमा भिड लागेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu