शुभेच्छाले विमलेशलाई नपत्याएपछि … | भिडियो



thamideu

‘विन्दास’ निर्देशक निर्देशक राजु गिरी पछिल्लो समय चलचित्र मात्रै होइन, बिभिन्न प्रोडक्टको विज्ञापन खेल्ने देखि म्युजिक भिडियो निर्देशनमा समेत व्यस्त बन्न थालेका छन् । केहि दिन पहिले मात्रै साबुनको बिज्ञापनमा देखिएका निर्देशक गिरीले पछिल्लो समयमा भने आफ्नो निर्देशनमा एक म्युजिक भिडियो तयार परेका छन् ।

निर्देशक गिरीले ‘थामी देउ हात मेरो’ बोलको म्युजिक भिडियोमा परिचित नाम बिमलेश अधिकारी लाई नायिका, मोडल तथा निर्मात्री शुभेच्छा थापालाई जोडी बनाएर म्युजिक भिडियोको पर्दामा उतारेका हुन् । यो गीतमा कमल खत्रीको शब्द तथा संगीत रहेको छ । स्वर सबिन घिसिङको रहेको छ ।

क्रान्ति के.सी.ले सम्पादन गरेको यो म्युजिक भिडियो मुकेश हुँमागाइको छायांकनमा तयार भएको हो । सेक्सी निर्देशकको उपमा पाएका निर्देशक गिरीको चौतर्फी हात चलचित्र, विज्ञापन, म्युजिक भिडियो देखी कहाँ कहाँ सम्म पुग्ने हो त्यो भने समयले बताउला ।

भिडियो हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu