[dropcap]उ[/dropcap]नताका बिर्खे आगनको डिलमा उभिन्थ्यो
अनि मुख कुल्ला गर्थ्यो
अनि पिच्च थुक्थ्यो पानी
पानी साग अनि लसुन का पातहरु मा पर्थे
कहिले कहिँ काउली बन्दा मा पनि
पर घाम देख्थ्यो, सुनौला हावा देख्थ्यो, बिर्खेले
चरा देख्यो, डिया देख्यो
खास मा जिबन देख्थ्यो
तेसै दङ्ग पर्थ्यो अनि उसै खुशी हुन्थ्यो बिर्खे
आजकल,
आगन अलि कोच्चिएको छ
न आगन छ न त डिल नै छ
कहिले कहिँ पर हेर्न खोज्छ
छिमेकीको घरको भित्तामै ठोकिन्छ र झर्छ दृस्टी
आजकल,
ऐना अगाडी उभिएर मुख कुल्ला गर्छ बिर्खे
प्रतिबिम्ब मा केहि खोजी रहन्छ बिर्खे
-राज बल्लभ कोइराला, नायक