श्याम भट्टराईको स्तर स्पटव्यायको भन्दा पनि तल्लोः रेखा थापा



rekha-thapa-raute

तिहारमा टिका लगाएरै दाजु-बहिनि बनेका नायिका रेखा थापा र निर्देशक श्याम भट्टराईको तकराव यतिबेला उचाईमा पुगेको छ। रेखाले चलचित्रबाट निकाले बताउँछिन् भने श्यामले छोडेको। यो आरोप-प्रत्यारोप हदसम्म पुगिसकेको छ। शनीवार साँझ रेखाले आफ्नो फेसबुकबाट श्यामले बिहिवार निकालेको प्रेस विज्ञप्तीको गतिलै जवाफ दिएकी छिन्।
यस्तो छ रेखाले लेखेको स्टाटस (सम्पादन नगरी जस्ताको तस्तै राखिएको):

श्याम भट्टराई लाई खुल्ला चुनौती !!!
श्याम भट्टराई दाइ लाइ एउटा कुशल सिनेमा निर्देशक सोचेर मेरो नया बन्दै गरेको सिनेमा हिम्मतवाली को धेरै ठुलो जिम्मेबारी सुम्पेको थिए , तर आज भोलि पत्र पत्रिका मा आएको दाइ को एक तर्फी समाचार ले मेरो ध्यान आकर्सन भएको छ र आज मलाई लाग्दै छ तपाई लाई यो फिल्म को निर्देशन गर्न बाट मैले हटाएर बहुत ठुलो काम गरेछु किन कि तपाई को प्रेस बक्तब्य र तपाई को बेहोरा हेर्दा त तपाई एउटा स्पोट बोय को जति को पनि इस्तर रहेनछ, कसरि सहायक हरु को भर मा फिल्म सक्नु हुन्थ्यो दाई ?
तपाई लाइ मैले किन हटाए छाती मा हात राखेर, भगवान लाई सम्झेर बोल्नुस, तपाई को पेशा लाइ जोगाई दिन मैले बिमारी हुनु भयो भनेर बोलेको थिए तर एस्लाई तपाई ले मेरो कमजोरी को रुप मा लिएर उल्टै मेरो बदनाम गराउने प्रयास मात्र होइन हुने नहुने कुरा गर्न थाल्नु भयो / मलाई राम्रो संग थाहा छ तपाई अहिले हतास र बिचलित अवस्था बाट गुज्री रहनु भएको छ र तपाई आफनु कमजोरी दुनिया बाट लुकाउन खोज्दै हुनु हुन्छ /
हो, यो दिन तपाई बाट एक दिन आउछ भन्ने मलाई राम्रो संग थाहा थियो, र मैले तपाई को शुटिंङ् स्पोट मा काम को video खिचेर राखेको छु तपाई कता हराउनु भएको थियो , के गर्दै हुनु हुन्थो दिउसॊ भरि र रात को २ बजे सम्म / video शुटिंग सकिना साथ youtube मा uplode गर्ने नै छु / अहिले म आफनो काम मा बेस्थ छु तेसैले मौन छु, समय छैन सानो तिनो कुरा मा अल्जियेर बस्ने /
तपाई लाई यो रेखा थापा को आज को दिन मा खुल्ला चुनौती छ , तपाई को हिम्मत छ भने अब १० दिन मा म काठमान्डू आउदा प्रेस कन्फ्रेन्स गर्नुस फेस टू फेस मेरो यो unit को अगाडी ?? के कुरा मा मैले तपाई लाई shooting चलि रहेको अवस्था मा रोकेर निकालेको मेरो unit ले प्रेस को अगाडी बोल्ने छन् /
निर्देशक दाजु , Cameramen ,Artist र लोकल public ले पनि तपाई को निर्देशन देखेर लाज ले नै हैरान भएका थिय ! को निर्देशक को सहायक र को कलाकार त्यहा छुत्ताऊन गारो परेको थियो त्यो तपाई लाइ राम्रो संग थाहा छ / राम्रो Cameramen अनि सहायक निर्देशक को भर मा म कुसल निर्देशक हो भनेर गफ नदिनुस्, आफनो छयमता अभिबिद्रि गर्न लागनुहोला तेस्ले गर्दा भोलि को दिन मा कुनै काम पाई हाल्नु भयो भने पनि, यो अबस्ता झैँ बीच काम बाट रुदै बाटो खर्च पनि ऋण गरेर माग्दै र बाटो मा लाज पचौदै हिड्नु नपरोस / यो एउटा बहिनि को सुझाब हो /
अब प्राबिधिक हरु ले खान पाएन, पानि पाएन र अरु अरु कुरा को सुबिधा भएन भनेर तपाई ले भनेको सुन्दा मेरा प्राबिधिक साथि हरु दङ्ग छन् र तपाई को हैसियत बुझेर दिउस भरि तपाई लाइ हाश्य पात्र बनाउदै समय कटाउदै छन् र चाडै तपाई कुन इस्तर को निर्देशक हो र किन मैले लात हानेर निकालेको भन्ने कुरा प्राबिधिक साथि हरु को संयुक्त प्रेस बक्तब्य्वे दुनियाँ लाई बुझाउने नै छ /

आज समय अभाब ले तपाई को पुरुसार्थ को बाकी कुरा लेख्न सकिन अरु दिन लख्ने नै छु / धन्येबाद श्याम दाई /
अनि अन्त मा तपाई को दिमाखी सन्तुलन बिग्रिएको छैन भने याद गर्नुस तपाई लाइ मैले shooting सुरु भएको ३ दिन मा नै निकालेको हो र २ दिन बशन्त श्रेष्ठ सर को गीत मा नै समय गएको थियो र अब भन्नुस तपाई ले मेरो फिल्म को कति काम सक्नु भयो रे ?? तपाई ले गरेको १ दिन को काम पनि रि सूट गर्दै छु /

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu