‘गोर्खा पल्टन’लाई बम्पर बनाएका रायमाझी ‘प्रवास’तिर



narayan-rayamajhi

यसअघि ‘गोर्खा पल्टन’ निर्देशन गरेर चर्चा बटुलेका लोकगायक एवं संगीतकार नारायण रायमाझीले अब भने ‘प्रवास’ चलचित्र निर्माण गर्न लागेका छन् । लोक गायनको क्षेत्रमा उल्लेख्य नाम कमाएका निर्देशक रायमाझीले गोर्खा पल्टनमा इन्डियन आइडियल प्रशान्त तामाङलाई नायकका रुपमा प्रस्तुत गरेर गोर्खा पल्टनलाई सफलताको श्रेणीमा पुर्‍याएका थिए । रञ्जिता गुरुङ र प्रशान्त तामाङको जोडीलाई खेलाएर गोर्खा पल्टनबाट राम्रो सफलता हात परेका रायमाझीले लामो समयपछि प्रवास चलचित्र निर्माण एवं निर्देशन गर्न लागेका हुन् ।

नारायण रायमाझीको निर्माण एवं निर्देशन गर्न लागेको चलचित्र प्रवासमा मुभिज डटकमका राजेश वंशल पनि निर्माताका रुपमा रहेका छन् । चलचित्र प्रवासमा नरेश खड्का, रजनी केसी, प्रविन खनिया, प्रशान्त तामाङ, केशव भट्टराई, हिउावाला गौतम, आरसी कोइराला, तारा शर्मा, विएस लामिछाने, अनु अधिकारी, शित्तल आचार्य लगायतको अभिनय रहेको छ । चलचित्र प्रवास अहिले पाल्पामा वरिपरिको रमणीय दृश्यमा छायांकन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu