दिया सम्झाएपछि निर्देशक भुतुक्कै



anupनेपाली चलचित्र ‘फिटकिरी’ले बिहिवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्‍यो। ओवरसिज राईटस्, सेन्सर प्रमाणपत्र लगाएतका बिषयमा जानकारी दिन सो पत्रकार सम्मेलन बोलाईएको थियो। उक्त सम्मेलनमा अरु सम्मेलनमा भन्दा अलिक फरक र रमाईला प्रश्नहरु आयोजक माझ तेर्सिए।

आउने भनिएता पनि उपस्थित नभएका हिरोईनका बारे पत्रकारलाई जिज्ञासा हुनु स्वभाविक थियो। नायकहरु सौगात मल्ल र निश्चल बस्नेतले आफ्ना कुरा राखेपछि हिरोनीको खोजी भयो। यसै क्रममा चलचित्र भित्रको रमाईला पक्षका कुरा उठे। सौगात र निश्चलको एक दृश्यको कुरा सकिनासाथ निर्देशन अनुप बराललाई हिरोईनबारे बोल्न आग्रह गरियो।

बरालले दुई जना हिरोईन भएकोले कस्को भनौँ भन्दै प्रतिप्रश्न गरेपछि एक सञ्चारकर्मीले दिया मास्के सम्झाएपछि निर्देशक बराल लाजले भुतुक्कै भए। पत्रकारले ‘आफैसँगको चक्कर रहेकोले हल्ला भएकोले भन्नलाई मजा आउला’ भन्दै बराललाई अप्ठेरोमा पारे। सुखै नपाएपछि बरालले नृत्यसँगको कुरामा लगेर टुंग्याए।

बरालले पत्रकारले दियासँगको चक्करको कुरा गर्दा कुरा घुमाएका थिए।

(गसिप)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu