न्यूरोडको रञ्जना सिनेमा हल पुनः सञ्चालनमा



काठमाडौँ । न्यूरोडको रञ्जना सिनेमा हल पुनः सञ्चालनमा आएको छ । बन्द भएको १३ वर्षपछि यो हल रञ्जना सिनेप्लेक्सको नाममा सञ्चालनमा आएको हो । शुक्रबारबाट सञ्चालनमा आएको हलमा ३ वटा अडिटोरियम रहेका छन् । १३०, १८० र २५१ सिट क्षमताका तीनवटा अडिटोरियम अत्याधुनिक सेवा सुविधाका साथ सञ्चालनमा आएको हो ।

सञ्चालक नरेन्द्र महर्जनका अनुसार, सिनेमा प्रोजेक्सनलाई स्तरिय बनाउन फोरके प्रोजेक्सन राखिएको छ । यस्तै, नेपालमै पहिलो पटक एलडब्ल्यु साउण्ड सिष्टम जडान गरिएको छ । थ्रिडि चलचित्रका पारखीहरुलाई लक्षित गरि हलमा थ्रिडि सिस्टम पनि हलमा जडान गरिएको छ ।

काठमाडौंको मुख्य व्यापारिक केन्द्र मानिने न्यूरोड मानिसहरुको अत्याधिक चाप हुने स्थान हो । सो स्थानमा अर्को हल नभएकाले रञ्जनाको पुरानो इतिहास दोहोरिन सक्ने पूर्वानुमान गरिएको छ । २०१४ सालबाट सञ्चालनमा आएको रञ्जना नेपालकै पुरानो चलचित्र हल मध्येको एक हो । कुनै समय चलचित्र प्रदर्शनको लागि प्रमुख मानिने रञ्जना सिनेमा बन्द गर्दै सञ्चालकले सो स्थानमा रञ्जना ट्रेण्ड सेन्टर निर्माण गरेका हुन् ।

२०७१ साल साउन २५ गतेबाट रञ्जना ट्रेण्ड सेन्टर सञ्चालनमा आएको हो । सोही समयदेखि रञ्जना सिनेमा पुनः सञ्चालनको तयारी भएको थियो । विभिन्न ग्रुपले उक्त चलचित्र हल सञ्चालनका लागि तयारी गरेका थिए । कालु गुरुङ, बिरेन्द्र नारायण महर्जन र नरेन्द्र महर्जनको टिमले सञ्चालन गरेको हलमा बिहीवार साँझ विशेष शो आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu