प्रियांकाले भेटाईन् करोड क्लबलाई



jhole-priyanka

नायिका प्रियांका कार्कीले पनि करोड क्लब भेटाउन सफल भएकी छिन्। फागुन ९ गते रिलिज भएको चलचित्र ‘झोले’ले आइतवार (२५ फागुन) सम्ममा १ करोड २ लाखको कलेक्शन गरेको छ। ‘झोले’मा प्रियांकाको साथमा दयाहाङ् राई र अर्जुन गुरुङ्को प्रमूख अभिनय रहेको छ।

दयाहाङ्ले यसअघि ब्लकबष्टर चलचित्र ‘लुट’ बाट आफुलाई करोड क्लबमा उभ्याईसकेका थिए। अर्का अभिनेता अर्जुन गुरुङ्को लागि ‘झोले’ वरदान साबित भएको छ। उनको पनि करोड क्लबमा चर्चा थपिएको छ। करोड क्लब कुनै आधिकारिक अथवा कुनै निकाय नभएपनि करोडको व्यापारपछि चलचित्र उद्योगमा चर्चा हुन्छ।

‘झोले’लाई टेकेन खड्काले निर्माण गरेका हुन्। दिपेन्द्र के. खनाल निर्देशक हुन्। खनालले यसअघि चपली हाईट बाट करोड क्लब ज्वाईन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu