‘धाया मफुता’ मा उषा, कविता, स्मारिकासँग डेलविस, राज र प्रितमको नृत्य



ट्रि इन्टरटेन्मेन्टले निर्माण गरेको नेपाल भाषाको गीत सार्वजनिक भएको छ । काठमाडौंको क्यूज हलमा कार्यक्रमको आयोेजना गर्दै ‘धाय मफुता’ बोलको नेपाल भाषाको गीत सार्वजनिक गरिएको हो ।

यो गीतमा दीपक नेपालीको शब्द छ । दीपकले आफूले आधा घन्टामा यो गीत तयार पारेको बताए । गीतमा बाबुल गिरीको संगीत तथा एरेन्ज, अस्मिता परियार र प्रिज्ज्वल नेपालीको स्वर छ ।

गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोडलहरुले अभिनय गरेका छन् । मोेडलहरु उषा उप्रेती, कविता नेपाली र स्मारिका ढकालले गीतमा बेजोेड नृत्य गरेका छन् । उनीहरुलाई डेलविस, राज, प्रितम क्षेत्रीले साथ दिएका छन् ।

भिडियोको निर्देशन माइकल चन्दले गरेका हुन् । निर्देशक चन्दले नेपाल भाषाको गीतमा कलाकार र टिमको सहयोेगमा उत्कृष्ट काम भएको बताए । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।

कार्यक्रममा बोल्दै कलाकार उषा उप्रेतीले नेपाल भाषाको गीतको भिडियोमा काम गर्न पाउँदा खुशी लागेको बताइन् । यस्तै, कलाकारद्धय डेलविस र राजले परिवार र म्युजिक क्षेत्रको साथ पाएर आफूहरु अगाडि बढेको भन्दै खुशी व्यक्त गरे । कलाकार स्मारिक ढकालले सुरुमा गीतको शब्द नवुझेर काम गर्न गाह्रो भएपनि सबैको सहयोेगमा उत्कृष्ट काम भएको सुनाइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu