१ करोड ३५ लाखमा नेपाल ल्याइयो सलमान खानको ‘अन्तिम’



बलिउड सुपरस्टार सलमान खान अभिनीत नयाँ चलचित्र ‘अन्तिम’ नेपालमा पनि प्रदर्शन हुने भएको छ । यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई गोपीकृष्ण मुभिज मातहतको कम्पनी ‘ए एट फिल्मस्’ ले ठूलो रकम तिरेर नेपाल प्रदर्शन राइट्स खरिद गरेको जानकारी प्राप्त छ । कम्पनीका अध्यक्ष निरज पौडेलले चलचित्रलाई नेपाल ल्याउन एक करोड ३५ लाख तिरेका हुन् ।

नेपालका १२५ वटा हलमा चलचित्र रिलिज हुने कम्पनीले जनाएको छ । तिहारमा रिलिज भएको बलिउड चलचित्र ‘सुर्यवंशी’ ले पनि नेपालमा सय बढी हल पाएको थियो । यो चलचित्रले नेपालमा आक्रामक व्यापार गरेको देखेपछि ‘ए एट फिल्मस्’ ले उत्साहित भएर सलमानको चलचित्रलाई मोटो रकम तिरेको हुनसक्ने देखिन्छ । ‘अन्तिम’ हेर्नका लागि पनि हलसम्म दर्शक पुग्ने अपेक्षा धेरैको छ ।

जी स्टूडियोको निर्माणमा महेश मान्जरेकरले चलचित्रको निर्देशन गरेका हुन् । उनले यसअघि थुप्रै सफल मराठी चलचित्रको निर्देशन गरिसकेका छन् । केही बलिउड चलचित्रमा उनले सलमानसँग काम पनि गरेका छन् । चलचित्रमा आयुष शर्मा र महिमा मकवानाको पनि अभिनय रहेको छ । आयुष शर्मा, सलमान खानका ज्वाईं हुन् । पहिलो पटक उनीहरुले एकसाथ चलचित्रमा काम गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu