अर्चना पछि निशा बंगलादेशी चलचित्रमा | एकैसाथ दुई फिल्म



nisha-adhikari-bangaladeshi

[dropcap]ना[/dropcap]यिका निशा अधिकारी बंगलादेशी निर्देशकको निर्देशनमा तयार हुन लागेका दुई चलचित्रको लागी आबद्ध भएकी छिन् । बंगलादेशी निर्देशक तनविन रफिकले निर्देशन गर्ने दुई चलचित्र ‘गुड ईभिनिङ काठमाडौं’ र ‘अण्डर द सेम स्काई’मा नायिका निशा अनुवन्ध गरिएकी हुन । यो कुरा उनले आफ्नो फेसबुकमा प्रष्ट्याएकी छिन्।

यसअघी रफिककै निर्देशनमा निर्माण घोषणा गरिएको चलचित्रमा नेपाली कलाकार अर्चना देलाल पनि अनुबन्धित भएकी थिईन् । अर्चना पछी बंगलादेशी चलचित्रमा अभिनय गर्न अवसर पाउने निशा दोस्रो कलाकार हुन् ।

tanvin-rafiq

अनुवन्धित भएपछि बंगलादेशी चलचित्रमा काम गर्ने आवसर पाउँदा आफु निकै उत्साहित भएको बताउँदै निशाले यसले आफुमा थप जिम्मेवारी थपिएको महसुस गर्दै सबैको साथ अनि समर्थनले काम गर्न सजिलो हुने बताएकी छिन् । नेपाली चलचित्रकी नायिका बंगलादेशी चलचित्रमा पनि काम गर्न पाउनुमा आफ्नो क्यारियर टर्निङ ठानेकी निशाले आफ्नो ध्यान सधैभरी सकेसम्मको राम्रो काम गर्नमा रहने उल्लेख गरेकी छिन्।

फोटोः निशा अधिकारी र निर्देशक तनविन रफिक (तल)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu