कार्तिक २६ गतेबाट शो ‘द भ्वाइस किड्स’ प्रशारण हुँदै



काठमाडौं।‘द भ्वाइस किड्स नेपाल’को पहिलो सँस्करण यहि कार्तिक २६ गतेबाट प्रशारण हुने भएको छ । ६ बर्षदेखि १४ बर्षका बालबालिकाको गायन प्रतिभा प्रस्तुत गर्ने यो रियालिटी शो हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टीभी एचडीमा प्रशारण हुनेछ ।

यो शोमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार, प्रविशा अधिकारी कोचको रुपमा छन् । शोका निर्देशक लक्ष्मण पौडेलले आफुहरुले बालबालिकाको गायन क्षमतासँगै उनीहरुको विभिन्न हाउभाउ र शैलीलाई पनि ध्यान दिएको बताए ।

The Voice of Kids Nepal

‘द भ्वाइस अफ नेपाल र डान्सिङ विथ द स्टार्स नेपाल’ जस्तो चर्चित रियालिटी शो प्रशारण गरिसकेको हिमालय टीभीले अर्को महत्वकांक्षी रियालिटी शो दर्शकमाझ प्रशारण गर्न लागेको हो । यो शोको ‘ब्लाइन्ड अडिसन’को छायांकन भैसकेको छ । यो शो २० भाग प्रशारण हुनेछ । ‘ब्लाइन्ड अडिसन’पछि ब्याटल राउन्ड प्रशारण हुनेछ । अहिले ब्याटल राउन्टको छायांकन भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu