‘आभास’ शिर्षक डिजाईन गर्नुहोस्, पुरस्कार र अवसर पाउनुहोस्



aavas

[dropcap]ग्लो[/dropcap]सी पिक्चर र क्रियटिभ फिल्मस् प्रडक्शनसँग सहकार्य गर्दै दुर्गिश थापाको प्रस्तुतीमा बन्ने चलचित्र ‘आभास’को लागि नयाँ अफर आएको छ। ग्राफिक्स डिजाईनरको लागि आएको सो अफर ‘टाईटल डिजाईनिङ्’ हो। नयाँ र मेहनती नेपाली डिजाईनरलाई प्रोत्साहन र अवसर प्रदान गर्ने उद्देश्यले ‘टाईटल डिजाईनिङ्’ प्रतियोगिता राखिएको छ।

यसअघि चलचित्र सम्पादकको रुपमा उल्लेख्य चर्चा पाएका सुरेन्द्र पौडेलले निर्देशन गर्ने ‘आभास’ को लागि आफ्नै रोजाईमा डिजाईन गर्न पाईने छ। नेपाली र अंग्रेजी भाषामा टाईटल हुनुपर्ने निर्देशक पौडेलले ठुलोपर्दा डटकमलाई बताए। यसै समाचारमा भएका तथ्यहरुको आधारमा टाईटल बनाउनु पर्नेछ। जसको लागि अन्य कुनै मापदण्ड तोकिएको छैन तर तस्विर भन्दा फण्ट प्रयोग गरेकोलाई प्राथमिकता दिईने छ। संसारको जुनसुकै कुनामा रहेका नेपालीले आफ्नो डिजाईन पठाउन सक्नेछन्। उत्कृष्ट एक डिजाईनलाई उचित पुरस्कार दिईने छ।

डिजाईन पठाउँदा [email protected] मा इमेल गर्न सकिने छ अथवा ‘आभास‘को फेसबुक पेजमा इनबक्स गर्न सकिने छ। जसमा स्पष्ट खुल्ने साईज पठाउनुपर्नेछ। नेपाली मिति अनुसार फागुन मसान्त सम्ममा पठाईसक्नुपर्नेछ।

‘आभास’को लागि मुख्य कलाकारको समेत खोजी भईरहेको छ। यो चलचित्रमा सुनिल रावल र गोविन्द शाहिको लगानी रहने छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu