काठमाडौं। चर्चित नेमसिक्वेल चलचित्र ‘प्रेम गीत-३’बाट अभिनय यात्रा शुरु गरेका मनिष राउतले स्टान्डअप शो ‘इएफए स्टान्डअप’ निर्देशन गरिरहेका छन् । चलचित्र रिलीज नभएतापनि विभिन्न ब्रान्डसँग जोडिएका राउत ब्राण्ड एम्बासडर रहेको क्लोथिंग ब्राण्ड ‘डक्टर डेनिम’ले मनिषको शोलाई प्रमूख प्रायोजन गरेको छ ।
काठमाडौको नयाँ बानेश्वरमा रहेको एभरेष्ट फिल्म एकेडमीले उक्त शोको निर्माण गरेको हो । यो स्टान्डअप चलिरहेका शोहरु भन्दा पृथक रहेको निर्देशक राउतले बताए । शोमा एउटा कलाकारलाई विभिन्न चरित्रमा देख्न पाइने उनले बताए । शोका केहि श्रृंखला सार्वजनिक गरिएको छ । ‘इएफए इन्टरटेन्मेन्ट’ नामक यूट्युब च्यानलबाट साप्ताहिक रुपमा यो श्रृंखला आउने मनिषले बताए । शोमा एभरेष्ट फिल्म एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुकै सहभागिता रहने जनाइएको छ ।
बरिष्ठ छायाँकार गौरि शङ्कर धुजुको डिओपी रहेको शोमा सौरभ पोखरेल, रन्जन कक्षपति र विकास सिटौलाले क्यामेरा चलाईरहेका छन् । रोहन कुमाल सम्पादक हुन् । निर्माता विशाल श्रेष्ठ र जोस्चल राजभण्डारी हुन् । निर्देशक मनिषले एकेडेमीसँगको सहकार्यमा विभिन्न सिरिज र चलचित्रहरु बनाउने बताए ।