‘झोले’को दश दिनमा ९३ लाख ग्रस आम्दानी



jhole-poster-thuloparda

अनिल यादव। नेपालका ७० हलमा भव्य प्रदर्शन भइरहेको ‘डार्क कमेडी’ चलचित्र ‘झोले’ ले आफ्नो दश दिनको ग्रस आम्दानी सार्वजनिक गरेको छ । वितरण कम्पनी पपर्कन पिक्चर्स र निर्माण टिमले सार्वजनिक गरेको जानकारी अनुसार चलचित्रले ९३ लाख ग्रस आम्दानी गरेको छ ।

‘चलचित्रले राजधानीबाट मात्र ६७ लाख ग्रस आम्दानी गरेको छ’, सार्वजनिक आम्दानीका विषयमा जानकारी दिँदै निर्देशक दिपेन्द्र के. खनालले भने–‘ अन्य २६ लाख मोफसलको कलेक्शन हो । ’ दोश्रो हप्तामा चलिरहेको उक्त चलचित्र अझै राजधानी बाहिरका १८ वटा मुख्य हलमा रिलिज हुन बाँकी छ ।’

चलचित्रले पाइरहेको ‘माउथ अफ वर्ड’ र पिकअप हेर्दा चलचित्रले तेश्रो हप्तापनि उत्साहपुर्वक नै प्रवेश गर्ने संकेत देखिएको छ’, निर्देशक खनालले थपे । दयाहाङ राई, प्रियंका कार्की र ए. गुरुङको मुख्य अभिनय रहेको यस चलचित्रलाई टेकेन खड्काले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu