‘कवाडी’मा के बन्दैछन् अनु र मुकेश ?



kabadi-1

मिलन आले मगरको डेब्यु निर्देशनमा ‘कवाडी’ शिर्षकमा नेपाली चलचित्र निर्माण हुने भएको छ । सोमवार बिहान राजधानीको भद्रकाली मन्दिरमा यो चलचित्रको औपचारिक मुहुर्त गरियो । भानसरा शर्माले निर्माण गर्न लागेको यो चलचित्रको कथा सुशिल पंगेनीले लेखेका हुन ।

चलचित्रको कार्यकारी निर्माता भने सावित्री पुनः रहेकी छिन । चलचित्र ‘कवाडी’ मा नायक मुकेश आचार्य र नायिका अनु शाह मुल पात्रको रुपमा अभिनय गर्दैछन । भने शक्ति जिएम, सुदिप काफ्ले, रश्मी भट्ट लगायतका कलाकारहरुको पनि अभिनय रहने छ । सोमवार मुहर्त गरिएको भए पनि यो चलचित्रको औपचारिक रुपमा फागुन २८ बाट मात्र सुटिङ सुरु गरिने डेब्यु निर्देशन गर्दै गरेका निर्देशक आलेले बताए ।

kabadi-2

रामेश्वर जिरेलले खिच्ने यो चलचित्रमा संगीत भरत शेरचनको रहने छ । यो चलचित्र ‘कवाडी’मा काठमाडौं तथा दाङका बिभिन्न मनोरम दृश्यहरु समेटिने निर्माण युनिटले जानकारी दिएको छ ।

Photo by: Babu Surace DC

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu