[dropcap]आ[/dropcap]मिर खानलाई चौबिस घण्टामा सात हजार प्रश्न सोधिएका छन्। सर्वसाधारणले उनलाई यी प्रश्न सोधेका हुन् जसमध्ये चार हजार प्रश्न एउटै थिए। ती प्रश्न राजनीतिसँग सम्बन्धित थिए। आमिर किन राजनीतिमा आएनन् भन्ने प्रश्न नै चार हजार भएका छन्।
राजनीतिक प्रश्नको जवाफमा आमिरले भनेका छन्, ‘म जुन माध्यममा छु उसबाट निकै खुशी छु। मलाई सर्वसाधारणलाई मनोरञ्जन दिलाउनमा राम्रो लाग्छ। फ्यान्सको चेहरामा खुशी ल्याउन पाउँ, मेरो लागि यहि नै ठुलो कुरा हो। मलाई अरु केहि चाहिँदैन। देशको सेवा गर्न राजनीतिमै आउनु जरुरी ठान्दिन’।
जब आमिरलाई चार हजार एउटै प्रश्न आए आमिर भनेका थिए ‘ओ माई गड’। यसको अलावा अर्को एक प्रश्न थियो, ‘तपाई कुन पार्टीलाई सपोर्ट गर्नुहुन्छ ?’ यसको जवाफमा आमिरले निकै मुश्किल प्रश्न बताएका थिए। आफुले कुनै पार्टीको फेवर नलिने र नलिएको बताए।
जब आमिर भारतिय चर्चित पत्रिका दैनिक भास्करको ‘अतिथी सम्पादक’ बनेका थिए तब यि प्रश्न आएका थिए।