वन्दिपुरमा ‘वर्कशप इन डिजिटल फिल्मी’ हुने



nirdeshak-amaj

[dropcap]च[/dropcap]लचित्र निर्देशक समाजको आयोजनामा नयाँ बर्षको छेकोमा सिनेमाटोग्राफरहरुको लागी लक्षित गरेर ‘वर्कशप इन डिजिटल फिल्मी’ नामको कार्यशाला हुने भएको छ । काठमाडौंमा उद्घाटन भई वन्दिपुरमा सञ्चालन हुने उक्त कार्यशालामा नेपाली चलचित्रका ‘सिनेमाटोग्राफर’हरुलाई हलिउडका चर्चित तथा अनुभवी दृश्य निर्देशकहरु द्वय ‘जस्टिन डिलन’ र ‘जेम्स ईभान अगेर्टन’ले प्रशिक्षण दिनेछन् ।

नेपाली ‘सिनेमाटोग्राफर’हरुको लागी डिजिटल प्रबिधीको ज्ञान बृद्धिको लागी सघाउने हेतुले तथा उनीहरुमा थप स्तरियता तथा दक्षता बृद्धी होस भन्ने उद्देश्यले यो कार्यशाला आयोजना गर्न लागिएको निर्देशक समाजका अध्यक्ष दिनेश डिसिले बताए । ५० जनासम्म सहभागी हुन सक्ने उक्त कार्यशालामा निश्चित शुल्क तिरेपछी यो विधामा लागेका तथा ईच्छा राख्ने जो कोही पनि सहभागी हुन सक्नेछन ।

नेपाली चलचित्र खिच्ने ‘क्यामेरा म्यान’हरुले राम्रो गर्ने प्रयास गर्दा गर्दै पनि एकाध ठाउँमा कमजोरी देखिंदै आएको आरोप लागिरहंदा निर्देशक समाजले आयोजना गर्न लागेको यो प्रकारको कार्यशालाले सिनेमाटोग्राफरहरुलाई ठुलै सहयोग पुग्ने निश्चित छ ।

आफ्नो कार्यकालमा सकेसम्मको राम्रो र स्मरणयोग्य काम गर्छु भन्दै निर्देशक समाजको तर्फबाट बिभिन्न नयाँ कामहरुको सुरुवात गर्दै एका अध्यक्ष डिसीको प्रशंसालाई पनि यो कार्यले थप बढाउने पक्का छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu