आशिकी टु गर्ल श्रद्धा कपुर बलिउडमा हिट छिन्। चलचित्र ‘वेलकम’ को सिक्वेल ‘वेलकम ब्याक’ का लागि प्रस्ताव राखिँदा उनले त्यसलाई अस्वीकार गरिन्। कारण थियो उनीसित फुर्सद थिएन, तर यो नै प्रमुख कारण भने होइन रहेछ।
भनिन्छ- उक्त चलचित्रमा श्रद्धाले अभिनेता जोन अब्राहमको जोडीका रूपमा देखिनुपर्ने थियो, तर श्रद्धालाई जोन आफूभन्दा उमेरमा धेरै जेठो लागे, अनि उनले बूढो व्यक्तिको जोडी बन्ने चाहना राखिनन्, अतः समय नभएको बहाना बनाइन्।