परपुरुषसँग रात बिताएपछि क्षमा माग्दै नायिका | भिडियो



divorce-hall-promo

चैत २१ मा रिलिज हुने नेपाली चलचित्र ‘डिभोर्स’को हल ट्रेलर सार्वजनिक भएको छ। शनीवार ठुलोपर्दा डटकमबाट सार्वजनिक दुई मिनेट लामो प्रोमोमा परपुरुषसँगको अनैतिक सम्बन्धले निम्त्याएका घटनाक्रम, क्षमायाचना तथा वियोगान्त तस्विरलाई एकपछि अर्को गरि देख्न पाईन्छ।

यसअघि ‘उर्वशी’ निर्देशन गरेका मनिष पन्थले आफ्नो चौथो चलचित्र स्वरुप ‘डिभोर्स’ निर्देशन गरेका हुन्। श्रीनगर फिल्म्स प्रा.लि.को ब्यानरमा रोहित पुरी र मिन प्रसाद श्रेष्ठले यो चलचित्रलाई बनाएका हुन्। यो चलचित्रमा लेखन तथा छायांकन समेत निर्देशन पन्थकै रहेको छ।

किशोर श्रेष्ठ, आभास अग्रहरी, प्रदिप ढकाल, बिनिता रम्तेल लगाएतका कलाकारहरुको अभिनय रहेको सो चलचित्रमा विशाल हुमागाईँ र कृष्ण भण्डारीको संगीत, सानुकुमार महर्जनको द्वन्द्व, रोशन लामिछानेको सम्पादन तथा किरणराज थापाको कलर करेक्शन रहेको छ।

Watch the trailer:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu