गायिका मिलन आमात्य पंछि बनेर उडेपछि …



mero-best-frnd

बैशाखमा रिलिज लक्षित गरिएको नेपाली चलचित्र ‘मेरो बेस्ट फ्रेण्ड’को ‘म पंछि हुँ …’ बोलको अडियो गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा मिलन अमात्यको स्वर तथा राजनसारज सिवाकोटीजको संगीत रहेको छ। रचना हरिहर आचार्य र भुपेन्द्र खड्काको रहेको छ।

अनेक कारण देखाउदै प्रदर्शन मिति सारिदै आएको यो चलचित्र बैसाख भित्रै प्रदर्शनमा ल्याउने तयारी गरिरहेको निर्देशक प्रसन्न पौड्यालले बताएका छन्। यो चलचित्रमा त्रिकोणात्मक प्रेम कथालाई समेटिएको छ।

एकातिर अभिनयको हिसावले प्रियंका कार्कीले फष्ट ब्रेक पाएको चलचित्र ‘मेरो बेष्ट फ्रेण्ड’ को रिलिज मिती एक बर्ष पहिले नै तोकिए पनि बिबिध कारण देखाउदै सारिएको थियो अब भने चलचित्रलाई हलसम्म पुर्याउने तयारीमा निर्माण युनिट पुगेको हो ।

यो चलचित्रमा प्रियंका संगै रेश मरहठ्ठा र दिवस उप्रेती लिड रोलमा छन् । चलचित्रमा अच्युत अधिकारीको पटकथा तथा संवाद रहेको छ भने मिलन अमात्यका साथमा सुगम पोखरेल र प्रमोद खरेलको स्वर  र राजनराज शिवाकोटीको संगीत रहेको छ।

यो चलचित्रलाई बिदूर पाण्डेले खिचेका हुन् भने द्वन्द हिमाल केसीको रहेको छ । चलचित्रले प्रसन्नको निर्देशाकिय तारिफ बढाउनेमा उनि ढुक्क रहेको बताउँछन् । तर यसको मुख्य जिम्मेवारी भने दर्शकको हातमा छ ।

Listen the song:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu