दिग्गज अभिनेत्री सुरेखा सीकरीको निधन भएको छ । मुम्बईमा छोराको साथमा बस्दै आएकी उनको शुक्रवार ७५ वर्षको उमेरमा निधन भएको हो । कार्डियक अरेस्टका कारण उनको निधन भएको भारतीय मिडियाले बताएका छन् । चर्चित सिरियल ‘बालिका वधू’ मा अभिनय गरेपछि दर्शकको ठूलो वर्गमा चिनिएकी उनले हिन्दी चलचित्रमा समेत काम गरेकी छन् ।
भारतीय थिएटर, चलचित्र र टेलिभिजन दुनियाँमा ५० वर्ष विताएकी सुरेखाले सन् १९७८ मा राजनीतिक ड्रामा ‘किस्सा कुर्सी का’ बाट चलचित्रमा डेब्यू गरेकी थिइन् । तीन पटक राष्टिय अवार्ड जितेकी उनले हेमन्त रेगे नामका एक व्यक्तिसँग विवाह गरेकी थिइन् । तर, सन् २००९ मा उनका श्रीमानको आर्ट अट्याकका कारण निधन भयो । हेमन्तसँग उनको एक छोरा छन्, राहुल सीकरी ।
सुरेखालाई यसअघि २०१८ मा पनि ब्रेन स्ट्रोक भएको थियो । यसपछि उनी प्यारालाइज्ड भएकी थिइन् । जसका कारण उनको रेखदेखका कारण नर्सलाई अप्वाइन्ट गरिएको थियो । अन्तिम पटक चलचित्र ‘बधाई हो’ मा देखिएकी उनले यसपछि चलचित्र र सिरियलमा काम पाउन छाडेकी थिइन् । उनले आफ्नो उपचारका लागि पैसा अभाव भएको भन्दै निर्मातासँग काम मागेकी थिइन् ।
सुरेखाले केही समय अगाडि भनेकी थिइन्, ‘विज्ञापनको अफर मेरो लागि काफी छैन, मलाई धेरै काम गर्नुपर्ने छ किनकि मेडिकल बिलका अलावा मेरो अरु पनि खर्च छ । मानिसहरुले मेरो आर्थिक मद्दत गर्ने कोशिश गरेका छन्, जसका लागि म निकै आभारी छु । तर, मैले कसैबाट कुनै प्रकारको सहयोग लिएको छैन । मलाई काम दिनुहोस् । म सम्मानपूर्वक पैसा आर्जन गर्न चाहन्छु ।’