फेरि पर्दामा रणवीर र आलियाको जोडी



चलचित्र ‘गुल्ली ब्वाई’ पछि अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्टको जोडीलाई फेरि एकपटक पर्दामा हेर्न पाइने भएको छ । बलिउडका भेट्रान निर्देशक करण जोहरले नयाँ चलचित्र ‘रक्की और रानी कि प्रेम कहानी’ मा उनीहरुको जोडी बाँधेका हुन् । चलचित्रलाई करण स्वयंले निर्माण र निर्देशन गर्नेछन् । मंगलवार चलचित्रको औपचारिक रुपमा घोषणा गरिएको हो ।

इशिता मोइत्रा, शशांक खेतान र सुमित रोयले चलचित्रको स्क्रिप्ट तयार पारेका हुन् । चलचित्रलाई आउँदो २०२२ मा रिलिज गर्ने तयारी गरिएको छ । चलचित्रको घोषणा गर्दै करणले सोसल मिडियामा लेखेका छन्, ‘आफ्ना मनपर्ने व्यक्तिलाई सामुन्ने राखेर क्यामेराको पछाडि गएर काम गर्न निकै उत्साहित छु ।’ रणवीर र आलिया फेरि एकसाथ स्क्रिन शेयर गर्न उत्सुक देखिएका छन् ।

करण बलिउडका सफल निर्देशकमध्ये एक हुन् । विशेषगरी पारिवारिक चलचित्र बनाउन उनी माहिर छन् । चलचित्र ‘कुछ कुछ होता हे’ बाट निर्देशनमा डेब्यू गरेका उनले त्यसयता ‘कभी खुशी कभी गम, कभी अलविदा ना कहना, माय नेम इज खान, स्टूडेन्ट अफ द ईयर’ जस्ता कयौं चलचित्रको निर्देशन गरे । पछिल्लो पटक उनले चलचित्र ‘ए दिल है मुश्किल’ को निर्देशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu