आमिर र किरणले गरे सम्बन्धविच्छेदको घोषणा



बलिउड अभिनेता आमिर खान र उनकी श्रीमती किरण रावले बैबाहिक सम्बन्ध अन्त्यको घोषणा गरेका छन् । दुवैले अब आ-आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्ने बताएका छन् । शनिवार उनीहरुले ज्वाइन्ट स्टेटमेन्टमा भनेका छन्, ‘यो १५ वर्षमा हामीले एकसाथ जीवनभरको अनुभव, आनन्द र खुसी साझा गर्‍यौं । अब हामी आफ्नो नयाँ जीवनमा एक नयाँ अध्याय सुरु गर्न चाहन्छौं ।’

आमिर र किरणद्वारा जारी बयानमा अगाडि भनिएको छ, ‘अब पति र पत्नीको रुपमा होइन, एकअर्काको सह माता पिता र परिवारको रुपमा रहनेछौं । हामीले केही समय पहिले एक प्लान्ड सेपरेशन सुरु गरेका छौं र अब यो व्यवस्थाको औपचारिक रुप दिन सहज महशुस गर्दैछौं । हामी आफ्नो छोरा आजादप्रति समर्पित माता-पिता हौं, जसको पालन पोषण हामी मिलेर गर्नेछौं ।’

उनीहरुले चलचित्र, पानी फाउन्डेसन र अन्य परियोजनाहरुमा सहयोगी रुपमा काम गर्ने पनि बताएका छन् । आमिर र किरणले आफूहरु छुट्टिने निर्णय केही समय अघि नै लिएको र अहिले भने त्यसलाई कार्यान्वयन गर्ने सही बेला आएको विज्ञप्तिमा उल्लेख गरेका छन् । चलचित्र ‘लगान’ को सेटमा पहिलो पटक भेट भएका आमिर र किरणले सन् २००५ मा विवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu