सन् २०१२ मा रिलिज भएको बलिउड चलचित्र ‘ओ माई गड’ को सिक्वेल निर्माण हुने भएको छ । चलचित्रमा धर्मको नाममा व्यापार र अन्धविश्वास छरिएको कुरालाई व्यङ्ग्यात्मक शैलीमा देखाइएको थियो । चलचित्रमा परेश रावल र अक्षय कुमार मुख्य भूमिकामा थिए ।
‘ओ माई गड’ को सिक्वेलको छायांकन यो बर्षको सेप्टेम्बरबाट सुरु हुने भारतीय मिडियाले बताएका छन् । चलचित्रमा कलाकार परेश रावलको भने अभिनय नरहने भएको छ । उनको ठाउँमा कलाकार पंकज त्रिपाठीले अभिनय गर्ने पक्का भएको छ । चलचित्रमा निर्देशक पनि हेरफेर हुनेछन् । पहिलो भाग उमेश शुक्लाले निर्देशन गरेका थिए ।
चलचित्रमा अक्षय पहिलो भागमा झैँ भगवान कृष्णको भूमिकामा देखिने छ्न् भने पंकजलाई एक नास्तिकको भूमिकामा देख्न सकिने अनुमान गरिएको छ । चलचित्रको प्रि-प्रोडक्सनको काम सुरु भइसकेको भारतीय मिडियाले जनाएका छन् । अक्षयकुमार र पंकजले यसअघि ‘बच्चन पाण्डेय’ मा सँगै काम गरेका थिए ।