सैफको प्रेममा पागल थिइन् करीना



अभिनेता सैफ अली खान र करीना कपूर खान बलिउडका चर्चित जोडीमध्ये एक हुन् । सैफ र करीनाले सन् २०१२ मा कानुनी रुपमा विवाह गरेका थिए । तर, करीना सैफकी पहिलो श्रीमती भने होइनन् । उनले १९९१ मा अभिनेत्री अमृता सिंहसँग विवाह गरेका थिए । सन् २००४ मा उनीसँग डिभोर्स गरेपछि सैफले करीनासँग दोस्रो विवाह गरेका हुन् ।

सैफ र करीनाको चलचित्र ‘टशन’ को सुटिङका क्रममा प्रेम बसेको थियो । सैफ करीनाभन्दा १० बर्ष जेठा छन् । सैफसँग डेटिङको बिषयमा करीनाले एक अन्तर्वार्तामा भनेकी छन्, ‘मैले सैफसँग कयौं पटक भेटेको थिएँ तर जब हामी ‘टशन’ को सुटिङ गरिरहेका थियौं तब नयाँ मोड आयो । मलाई सैफसँग प्रेम भयो । म उनको लागि पागल भएँ ।’

उनले सैफ विवाहित र दुई सन्तानको पिता भन्ने थाहा पाउँदा पाउँदै उनीसँग माया बसेको बताएकी थिइन् । करीनाले अगाडि भनेकी छन्, ‘केही समय डेट गरिसकेपछि सैफले भनेका थिए उनी २५ बर्षका युवक होइनन् र सधैं मलाई घरसम्म छोड्न सक्दैनन् । सैफले मेरो आमासँग भनेका थिए उनी आफ्नो पूरा जीवन मसँग बिताउन चाहन्छन् । त्यसपछि हाम्रो विवाह भयो ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu