कोरोनाका कारण हजारौं बालबालिका अनाथ भएका छन् र यो पीडादायी युद्धबाट मुक्ति चाहिरहेका छन् । यस्तै, मुक्ति चाहिरहेका दुई दिदी-भाईको कथामा बनेको म्यूजिक भिडियो ‘डन्ट टेक मी’ सार्वजनिक भएको छ । कोरोनाका कारण बाबुआमा गुमाएर अनाथ भएका दिदी भाईको कथामा यो म्यूजिक भिडियो तयार भएको हो ।
शितल मोक्तानको स्वर, विजय दिप गिरीको रचना र भिडियो निर्देशन रहेको यो अग्रेजी भाषाको गीतमा बिदुशी साह, अल्भिन जङ गिरी, कमल पुरी र मन्जरी दवाडीको अभिनय रहेको छ । बासु बरालले छायांङ्कन गरेको गीतमा राजेश कुमारको सम्पादन रहेको छ । गीतमा सरोज प्याकुरेलले संगीत भरेका छन् ।
गीतले कोरोनाका कारण असहज परिस्थितिमा पुगेका जो कोहीलाई सहयोग गरौं भन्ने सन्देश दिन खोजेको निर्देशक विजय दिप गिरीले बताएका छन् । शनिवार यूट्युबमा सार्वजनिक भएको गीतलाई दर्शकले निकै मन पराएका छन् । गीतमा प्रस्तुत गरिएको कथा मनछुने रहेको दर्शक प्रतिक्रिया छ ।
भिडियो :-