काठमाडौं। विभिन्न ४७ विधामा अवार्ड प्रदान गर्दै काठमाडौंमा नेपाल म्युजिक अवार्ड २०७७ सम्पन्न भएको छ । अवार्ड समारोहमा आजिवन योगदान गीत साधक सम्मानबाट बरिष्ठ गीतकार एवम् प्राज्ञ उन्नती बोहरा सिलालाई कार्यक्रममा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले सम्मानित गरे । यस्तै, चलचित्र पत्रकार संघ नेपालका पूर्व अध्यक्ष एवम् कामना मासिकका सम्पादक बिदूर गिरीलाई १५ हजार रुपैयाँ राशी सहितको राष्ट्रिय रंग पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरियो ।
अवार्ड समारोहमा वर्षको सर्वोत्कृष्ट गीतको अवार्ड फुलबुट्टे सारीबाट राजनराज सिवाकोटीले चुमे । लोकपप विधामा सर्वोत्कृष्ट गीतकारको अवार्ड गीतकार डब्बु क्षत्रीले मेरो जवानीबाट जिते भने यही गीतबाट बिनु शाक्यले महिला मोडलको अवार्ड चुमिन् । लोकपप गीत गायकको अवार्ड कृष्ण काफ्लेले, संगीतकारको अवार्ड साईत जुरेन गीतबाट राजेन्द्र बजगाईंले र यही गीतबाट गायिकाको अवार्ड कविता शिवाकोटीले जिते । नव गायकको अवार्ड विवेक चौलागाईंले, भिडियो निर्देशकको अवार्ड रुप हेरीबाट रमेश गुरुङले, पुरुष मोडलको अवार्ड अभिनेता प्रदीप बास्तोलाले साईला माया नलाउनेबाट हासिल गरे । भिडियो सम्पादकको अवार्ड औंठी खसेछ गीतबाट सुरेशकुमार राउतले प्राप्त गरे ।
राष्ट्रिय गीत तर्फ गीतकारको अवार्ड करोडौं नेपालीकोबाट बद्री देशारले, सर्वोत्कृष्ट गीतको अवार्ड मायाँ छ मलाईबाट नवराजजंग थापाले र म्यूजिक भिडियो निर्देशकको अवार्ड त्यही सच्चा नेपालीबाट रोशनी केसीले हाँसिल गरिन् ।
पप गीत तर्फ गायकको अवार्ड जोगी भएँबाट सचिन रौनियारले, गायिकाको अवार्ड तिम्रो फोटोबाट बुनु उप्रेतीले र यही गीतबाट संगीतकारको अवार्ड टंक बुढाथोकीले, गीतकारको अवार्ड गालैको कोठीबाट सुमन पण्डितले जिते । यस्तै म्यूजिक भिडियो मोडलको अवार्ड काले केटा २ बाट अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पुजा शर्माले हाँसिल गरे । भिडियो निर्देशकको अवार्ड छक्कै परेंबाट माईकल चन्दले र भिडियो सम्पादकको अवार्ड आउ मायाबाट शिलन लम्सालले प्राप्त गरे ।
आधुनिक गीतमा नबोली नबोली गीतले पाँच वटा अवार्ड जित्यो । यो गीतबाट प्रविण वेडवालले सर्वोत्कृष्ट आधुनिक गीत गायकको अवार्ड, समीक्षा अधिकारीले गायिकाको अवार्ड, अर्जुन पोखरेल संगीतकारको अवार्ड, निर्देशक विधान कार्कीले यही गीतबाट म्युजिक भिडियो निर्देशक अवार्ड र सुधिर श्रेष्ठले भिडियो मोडल पुरुष अवार्ड प्राप्त गरे । आधुनिक गीत मै गीतकारको अवार्ड डा. डी आर उपाध्ययले, महिला मोडलको अवार्ड शिलास्मा हमालले, कोरियोग्राफरको अवार्ड केशबराज भट्टले र भिडियो छायाँकारको अवार्ड रबिन्द्र बरालले हाँसिल गरे । कृषी गीत अवार्ड डा. योगेन्द्र कुमार कार्कीलाई, क्रिटिक्स अवार्ड भिडियो निर्देशक मिलन चाम्सलाई, पब्लिक च्वाईस अवार्ड लोक दोहोरी गीतकार अनिष दवाडीलाई प्रदान गरियो ।
लोकगीत तर्फ गायकको अवार्ड हे गाजलीबाट हिमालय राजले, गायिकाको अवार्ड माछी भूल्योबाट दिपशिखाले, यही गीतबाट संगीतकारको अवार्ड प्रभावन जेले, पूर्वेली लोकगीतको अवार्ड मछिन्द्र राईले, गीतकारको अवार्ड दौरा सुरुवालबाट बिनिता खनालले र यही गीतको भिडियो निर्देशनको अवार्ड सुब्रतराज आचार्यले प्राप्त गरे ।
लोक दोहोरी तर्फ सर्वोत्कृष्ट गीतकारको अवार्ड सातै जुनीबाट कमल सरगमले, गायकको अवार्ड मायाँ मारेरबाट नरेश खातीले प्राप्त गरे । गायिकाको अवार्ड फिक्का चियाबाट भूमिका गिरीले चुमिन भने यही गीतबाट खेम पुनले लय भाकाको अवार्ड हाँसिल गरे यस्तै संगीतकारको अवार्ड सोझो पनबाट रामु खड्काले र मोडलको अवार्ड शिशिर पौडेलले आज मुटुबाट प्राप्त गरे ।
चाडपर्व गीत अन्तर्गत तीज गीत गायकको अवार्ड जीवन तामाङले, गायिकाको अवार्ड तृप्ती खड्काले, दशैं गीत गायिकाको अवार्ड दीपा कोईरालाले हाँसिल गरे । भेग विशेष गीत तर्फ पश्चिमेली गीत गायकको अवार्ड उमेश घर्तीमगरले, कौडा गीत संगीतकारको अवार्ड बुकी फुलबाट रेशम गुरुङले सालैजो भाकाको अवार्ड, जेपी नेम्वाङले, भिडियो निर्देशकको अवार्ड भूपेन्द्र गुरुङले हाँसिल गरे ।
सर्वोत्कृष्ट कस्ट्युम डिजाईनको अवार्ड पहिलो भेटमै गीताबाट दिलमायाँ मगरले हाँसिल गरिन । बालगीतको अवार्ड धन विनाको मन २ बाट अशोक दर्जीले र बालगीत मोडलको अवार्ड टोपी टोपीबाट बाल मोडल सम्राट दाहालले चुमे । यस्तै हेयर एन्ड मेकअपको अवार्ड तिम्रो लागिबाट गीता पौडेलले हाँसिल गरिन् ।
यस्तै आधुनिक जुरी अवार्ड अधुनिक विधामा गायकको अवार्ड विश्व नेपालीले, गायिकाको अवार्ड बाजा बजाउँदैबाट सुजाता केसीले, संगीतकारको अवार्ड सरलाबाट सुवास भुषालले, लोक दोहोरी गायकको जुरी अवार्ड खोला खाल्सीबाट विक्रमजँग शाहले, पप गायकको अवार्ड गुणराज श्रेष्ठले, संगीतकारको अवार्ड होमराज श्रेष्ठले, सम्पादकको अवार्ड सन्दिप भूजेलले, लोकपप संगीतकार जुरी अवार्ड आफ्नै मायाँबाट सरोज प्याकुरेलले, भिडियो सम्पादकको अवार्ड विकाश ज्ञवालीले हाँसिल गरे ।
यस्तै जुरी तर्फ नै जीतबहादुर रावतले देउसी गीत गायक, दुर्गा गुरुङ्गले तीजगीत गायिका र चित्र मास्कीमगरले म्युजिक भिडियो सम्पादक र रामेश थापाले लोक दोहोरी भिडियो मोडलको अवार्ड प्राप्त गरे ।
भाषाभाषी तर्फ तामाङ गीतमा गायकको अवार्ड टिका बम्जनले गायिकाको अवार्ड मैना मोक्तानले, गीतकारको अवार्ड कर्म बम्जनले, संगीतकारको अवार्ड विशाल योञ्जनले, नेवारी गायिकाको अवार्ड चाकुमाकुबाट सरिता शाहीले र मोडलको अवार्ड भोजपुरी गीतबाट कृष्ण रसालले चुमे ।