केहरसिंहको ‘मधेशमा मैना’ मा पल र अन्जली (भिडियो)



गायक केहरसिंह प्यासीको स्वरमा समावेश ‘मधेशमा मैना’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा अहिलेका चर्चित अभिनेता तथा मोडल पल शाह र अन्जली अधिकारीको अभिनय देख्न सकिन्छ । गीतका सम्पुर्ण दृश्यको छायांकन ललितपुर क्षेत्रमा छायांकन गरिएको हो ।

यो गीतमा पछिल्लो समयकी चर्चित गायीका समिक्षा अधिकारीको समेत स्वर सुन्न सकिन्छ । दर्जनौ गीतमा स्वर दिइसकेकी समिक्षासँग पछिल्लो समयका लोकप्रिय गायक केहर सिंहको आवाज रहेको गीतले छोटो समयमै धेरैको ध्यान तान्न सफल भएको छ । यो गीत रविन लामिछानेले लेखेका हुन् ।

स्यामस्वेत रसाइलीले एरेन्ज गरेको गीतको लय र म्युजिक भने ऋषि खड्काले तयार पारेका हुन् । सार्वजनिक गीतलाई छोटो समयमै धेरैले मन पराएका छन् । मौसम हिमालीको निर्देशनमा तयार भएको गीत झण्डै १० मिनेटको बनेको छ । गीतलाई विकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu