अमेरिका बस्दै आएका नेपाली युवा आर्थर गनको उर्फ दिवेस पोखरेलले फेरि एक पटक अमेरिकन आइडलमा मौका पाएका छन् । गत बर्षको ‘अमेरिकन आइडल’मा उनी रनर अप भएका थिए ।
अब अमेरिकन आइडलको १९ औं संस्करण शुरु हुँदैछ । बिलबोर्डमा प्रकाशित समाचार अनुसार कोरोना भाइरसका कारण केही प्रतिस्पर्धीले ठूलो स्टेजको मौका नपाएको कारण देखाउँदै दोस्रो मौका दिने भएको हो ।
यो मौका १८औं सँस्करणका दस जनाले पाउनेछन् । फेथ बेकनेल, फ्रेंकलिन बून, डिवायने क्रोकर, सिनिया एलिसे, एलिना जेस्टर, लुइस नाइट, निक मेरिको, माकाला फिलिप्स र ओलिभिया सिमाइनेसले यो मौका पाउँदैछन् ।