आश्रित बालबालिकासँग भारतीको जन्म दिन



गायिका सरिता भारतीले आश्रित बालबालिकासँग आफ्नो जन्मदिन मनाएकी छिन् । हास्य अभिनेता सुलेमान शंकर (इकु)ले काठमाडौंको मुलपानीमा सञ्चालन गरेको स्नेह भारतीले आफ्नो जन्मदिन मनाएकी छिन् । साथै उनले गोकर्णमा रहेको सँयुक्त अपांग केन्द्रका बालबालिकासँग पनि जन्मदिन मनाएकी छिन् । यी दुवै आश्रममा रहेका बालबालिकालाई उनले खाना खुवाएकी थिईन् । यसअघिका जन्मदिनहरु उनले काठमाडौंको किर्तिपुर स्थित मायाघर, एचआईभी संक्रमित बालबालिका आश्रमका बालबालिकासँग आफ्नो जन्मदिन मनाएकी थिईन् ।

स्नेह आश्रममा १४ जना र सँयुक्त अपांग केन्द्रमा ४५ जना बालबालिका आश्रित छन् । दुबै आश्रमका बालबालिकालाई उनले आफ्ना केही गीतहरु पनि सुनाईन् । त्यहाँ रहेका बालबालिकाहरुले पनि गायिका सरितासँग विभिन्न गीतहरु प्रस्तुत गरेर रमाईलो गरे ।

कोरोना सँक्रमण र लकडाउनका कारण आश्रम चलाउन गाह्रो परेको बेला गायिका सारिताले एक दिन खाना खुवाएर आर्थिक सहयोग गर्दा आफुलाई केही राहत भएको हास्य अभिनेता शुलेमान शँकर (इकु)ले बताए । यस्तै सँयुक्त अपांग केन्द्रका सञ्चालक तिलबहादुर कार्कीले पनि सरितालाई जन्मदिनको बधाई ज्ञापन गर्दै बालबालिकाहरुलाई खाना खुवाएर आफ्नो जन्मदिन मनाएकोमा खुसी व्यक्त गरे ।
जन्म दिनको पार्टीमा हुने अनावस्यक फजुल खर्च काटेर आफुले हरेक वर्ष यसरी नै अनाथ बालबालिकाहरुसँग जन्मदिन मनाउने गरेको गायिका सरिता भारतीले बताईन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu