प्रत्युश र एन्जल बने ‘सुनसरी लिटिल प्रीन्स एन्ड एन्जल’



‘सुनसरी लिटिल प्रीन्स एन्ड एन्जल’को दोश्रो सिजनको उपाधी प्रीन्स तर्फ प्रत्युश गुरुङ र एन्जल तर्फ प्रतिशा डङोलले उचालेका छन् । इटहरीमा सम्पन्न कार्यक्रममा फर्स्ट रनरअप रोशन भुजेल, सेकेन्ड रनरअप नयन ताम्राकार भए भने एन्जल तर्फ फर्स्ट रनरअप आश्री गुराँगाई र सेकेन्ड रनरअप देश्ना खत्री हुन सफल भएका छन् ।

बिजेताहरुले नगद २०/२० हजार सहित ट्रफी, क्राउन र प्रमाण पत्र प्राप्त गरे भने फर्स्ट रनरअपहरुले १५/१५ हजार र सेकेन्ड रनरअपहरुले १०/१० हजार नगद सहित ट्रफी, क्राउन र प्रमाण पत्र प्राप्त गरे ।

फाईनल कार्यक्रमबाट विभिन्न सब-टाईटलहरु पनि प्रदान गरिएको थियो । प्रीन्स तर्फ पब्लिक च्वाईस बिशाल न्यौपाने, मल्टिमिडिया अवार्ड प्रत्युश गुरुङ, स्माईल अवार्ड सुशान्त वाग्ले, फोटोजेनिक अवार्ड आयुश सुन्दास, र्‍याम्प वाल्क अवार्ड आशिक दाहाल, डिसिप्लेन अवार्ड सुशान्त वाग्ले, ह्यान्ड्सम अवार्ड आशिक दाहाल, हस्पिटालिटी अवार्ड विशाल न्यौपाने, बेस्ट फिजिक्स आयुश सुन्दास, कन्फिडेन्ट अवार्ड रोशन भुजेल, ट्यालेन्ट अवार्ड आयुश सुन्दास, फ्र्यान्ड्ली अवार्ड नयन ताम्राकार बेस्ट चार्मिङ अवार्ड प्रयुश थापा, बेस्ट हेयर प्रत्युश गुरुङ, बेस्ट स्किन सर्वग्य श्रेष्ठ, मोस्ट एक्टिभ आदर्श प्रताप सेन, पर्सनालिटी अवार्ड कृष्ण प्रधानले हात पारे ।

त्यस्तै, एन्जल तर्फ पब्लिक च्वाईस अवार्ड सिजल राईले हात पारे भने मल्टिमिडिया र फोटोजेनिक अवार्ड दिप्शी खड्काले जितिन् । बेस्ट स्माईल प्रतिशा डङोल, बेस्ट क्याट वाल्क र बेस्ट फिगर रोजिना सरदार, डिसिप्लेन बिनु चौधरी, ब्युटिफुल अवार्ड देश्ना खत्री, हस्पिटालिटी अवार्ड काब्या प्रधान, कन्फिडेन्ट अवार्ड समृधी कार्की, ट्यालेन्ट अवार्ड आश्री गुराँगाई, फ्रेन्ड्ली अवार्ड लुशा चौधरी, चार्मिङ अवार्ड आरुष्का भन्डारी, बेस्ट हेयर गरिमा कार्की, बेस्ट स्किन अन्जिला भट्टराई, मोस्ट एक्टिभ समृद्धि ढकाल र पर्सनालिटी अवार्ड सुबिना गिरिले हात पारिन् ।

एल एन्ड सि मोडल एजेन्सीको आयोजनामा भएको कार्यक्रममा कलाकार श्रीकृष्ण लुइँटेल ‘बोकेदारी’ले आफ्ना विभिन्न गीतहरु गाएर उपस्थित दर्शकहरुलाई मनोरंजन दिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu