[dropcap]चै[/dropcap]त १४ मा रिलिज गर्ने तयारीमा रहेको नेपाली चलचित्र ‘नोभेम्वर रेन’ प्रचारमा उत्रेको छ। प्रचारको एक हिस्सा अन्तर्गत शनीवार चलचित्र युनिट फेशन शोमा सहभागि भयो। होटल याक एण्ड यतीमा भएको फेसन शोमा नायिका नम्रता श्रेष्ठ, निर्देशक दिनेश राउत, छायाँकार राजेश श्रेष्ठ र लेखक छेतेन गुरुङ् सहभागि थिए।
सो क्रममा नायक तथा निर्माता आर्यन सिग्देल भने थिएनन्। आर्यन चलचित्र ‘नाईके’को शुटिङ्का क्रममा पोखरामा छन्। सो फेशन शोलाई ‘भोएज् अफ क्रियशन’ले आयोजना गरेको थियो।