ठूलोपर्दा डटकम, काठमाण्डौ।
अञ्जानमै बसेको मायालाई नायक बिमलेश र मोडल श्रृष्टीले आफ्नो अधिनमा लिएका छन्। कल्पनामै बितेका थुप्रै पलहरु उनिहरु एक्लै बिताए पनि अन्तत: उनिहरु एक भएरै छाडेका छन्। यम बरालको ‘वरदान हो की श्राप यो, पुण्य हो की पाप हो’ बोलको गीतमा बिमलेश र श्रृष्टीले यस्तै कथामा अभिनय गरेका छन्।
यस गीतमा एउटा प्रेम कथा समावेश गरिएको छ। बरालले भर्खर मात्र सो भिडियो सार्वजनिक गरेका हुन्। गीतमा बरालले सर्वत्र परिचित मायालाई आफुले बुझ्दै नबुझेको बताएका छन्। हाल अमेरिकामा रहेका चर्चित गायम बरालले उक्त गीतलाई आफ्नो एल्बम ‘श्रृजना’मा समावेश गरेका छन्।
स्वर तथा संगीत यम बरालको रहेको सो गीतमा श्रृजना प्रधान ह्योजुको रचना रहेको छ। एशियन म्यूजिक अडियो व्यबस्थापन गरेको सो गीतको भिडियोलाई भने प्रसन्न पौडेलको निर्देशनमा लाईमलाईट इन्टरटेन्मेण्टले भिडियो तयार पारेको छ। विदुर पाण्डेले छायांकन गरेको यो भिडियोलाई टेकेन्द्र शाहले संपादन गरेका हुन्।