रहेनन् बलिउड अभिनेता राजिव कपूर



स्वर्गीय बलिउड अभिनेता राज कपूरका छोरा राजिव कपूरको ५८ वर्षको उमेरमा मंगलवार हृदयघातका कारण निधन भएको छ । उनको भारतको इनलेक्स जनरल हस्पिटलमा उपचारको क्रममा निधन भएको हो । सन् १९६२ अगस्ट २५ मा भारतको चेम्बूरमा जन्मिएका राजिवले सन् १९९३ मा रिलिज भएको चलचित्र ‘एक जान हैं हम’ बाट अभिनय करिअर सुरु गरेका थिए ।

सन् १९९५ मा पिता राज कपूर निर्देशित अन्तिम चलचित्र ‘राम तेरी गंगा मैली’ मा मुख्य भूमिका निर्वाह गरेपछि चर्चामा आएका उनले यसपछि कयौं चलचित्रमा काम गरे तर सफलता हासिल गर्न सकेनन् । उनले ‘आ अब लौट चलें, प्रेम ग्रन्थ, हिना’ जस्ता चलचित्रको निर्माण समेत गरेका छन् । ‘ग्रन्थ’ मा ऋषि कपूरको मुख्य भूमिका थियो, जसको निर्देशक राजिव स्वयंले गरेका थिए ।

रणधीर कपूरले राजिव कपूरको निधनको खबरलाई पुष्टि गर्दै भनेका छन्, ‘मैले आफ्नो भाई गुमाएँ । डाक्टरले उसलाई बचाउन पूरै कोशिश गरेका थिए तर बचाउन सकेनन् ।’ त्यस्तै, स्वर्गीय ऋषि कपूरकी श्रीमती नीतू कपूरले पनि इन्स्टाग्राममा राजिव कपूरको फोटो शेयर गर्दै उनको निधनको खबरलाई पुष्टि गरेकी छन् । उनको निधनप्रति बलिउडकर्मीले शोक व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu