गायिका अञ्जु पन्तको स्वर रहेको गजल गीत ‘पुरानो घाउ’ सार्वजनिक भएको छ । गीतका शब्द चन्द्र प्रसाई ‘परिस्कृत’ का रहेका छन् । गीतकार प्रसाईका यस अगाडि ‘प्रेमको कथा, कथा मृत्युको’ लगायतका गीत हिट छन् । मेलोडियस शैलीमा तयार पारिएको गजल सुन्दा आनन्द लाग्ने छ ।
गीतमा संगीत सन्तोष श्रेष्ठले भरेका हुन्, भने बिष्णु अधिकारीको एरेन्ज, विश्व अधिकारीको रेकडिब, मिक्सिब र मास्टरिब रहेको छ । भिडियो पछिल्लो समयका ब्यस्त निर्देशक देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । जसमा अभिनेत्री पूजा शर्मा र आकाश श्रेष्ठको अभिनय देख्न सकिन्छ ।
भिडियोमा आकाश र पुजालाई निकै आकर्षक तरिकाले निर्देशक पाण्डेले उतारेका छन् । गीत मार्फत गीतकारले प्रेमीले प्रेमीकालाई पुराना प्रेमका याद भुलाएर जिन्दगी नयाँ तरिकाले अगाडि बढाएर सुखमय बनाउन प्रेरणा दिएका छन् । इनाक्षी इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोमा उत्सव दाहालको छायांकन, बिकाश दाहालको सम्पादन छ ।